Comments Add Comment

वेष्ट इन्डिजविरुद्धको टेष्ट भारतद्वारा क्लिनस्विप

Photo Credit : आईसीसी

१७ भदौ, काठमाडौं । भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला क्लिनस्विप गरेको छ ।

सोमबार राति सम्पन्न दोस्रो टेष्ट क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गरेसँगै सिरिज क्लिनस्विप गरेको हो । ४६८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले आफ्नो दोस्रो पारीमा २१० रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले सहज जित निकालेको हो ।

शामर्ह ब्रोक्सले ५० रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामी र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए ।

वेष्ट इन्डिजले आफ्नो पहिलो पारीमा ११७ रन बनाउँदा सबै विकेट गुमाएपछि कमजोर स्थितिमा पुगेको थियो । वेष्ट इन्डिज हारको मुख्य कारण पनि पहिलो पारीमा राम्रोसँग ब्याटिङ नचल्नु भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ४१६ रन बनाएपछि बलियो स्थितिमा पुगेका थिए । भारतका लागि हनुमा विहारीले १११ रन बनाए । भारतले आफ्नो दोस्रो पारीमा भने चार विकेटको क्षतिमा १६८ रन बनाएपछि पारी समाप्तको घोषणा गरेसँगै वेष्ट इन्डिजले ४६८ रनको लक्ष्य पाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment