Comments Add Comment

ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

१७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको चुनाव तत्काल रोक्न सर्वोच्च अदालतलेे अन्तरिम आदेश दिएको छ ।

कमल चित्रकार भदौ २० गते हुने चुनाव तत्कालको लागि बदर गर्नमा गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले तत्काल चुनाव नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश टंकबहादुर मोक्तानले निर्वाचन रोकेर दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएका हुन् ।

नेपाल ओलम्पिक कमिटीको चुनाव यही २० गते हुने मिति तय भएको थियो । अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् । यता, उमेशलाल प्यानलबाट पुरेन्द्रबिक्रम लाखे उठेका छन् ।

यो पनि पढ्नुहोस ‘जीवनरामजीले मलाई ‘मिस्टर ट्रान्सपरेन्सी’ भन्नुभयो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment