Comments Add Comment

जनयुद्धका घाइतेको कथा ‘नमेटिने घाउ’ सार्वजनिक

काठमाडौं । दशवर्षे जनयुद्धमा घाइते र अंगभंग भएकाहरुको संघर्षको कथा समेटिएको पुस्तक ‘नमेटिने घाउ’ सार्वजनिक भएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा मन्त्री थापाले जनयुद्धका सहिद, वेपत्ता र घाइते योद्धाको योगदानविना नेपालमा संघीय गणतन्त्र असम्भव रहेको जिकिर गरे ।

घाइते योद्धा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा जनयुद्धका ३५ जना योद्धाहरुका संघर्षका गाथा समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष विजय साङपाङ्ले जानकारी दिए । कुल २ सय ७० पृष्ठको पुस्तकको समीक्षा नेकपा नेता एवम् लेखक लेखनाथ न्यौपानेले गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. १ का आर्थिक योजना मन्त्री इन्द्र आङ्बो, नेकपा नेता हिमाल किराँती, प्रह्लाद बुढाथोकी, सुर्य सुवेदी, रामदीप आचार्यलगायतको सहभागिता थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment