+
+
Shares

दराजले ल्यायो ३ उत्कृष्ट विदेशी गन्तव्यको भ्रमण प्याकेजमा विशेष छूट

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १४:४९

२० भदौ, काठमाडौं । दराजले दशैं को लागि भनेर आकर्षक हलिडे प्याकेजहरु ल्याएको छ । ट्राभल एजेन्सीहरूले सहुलियत दरका भ्रमण प्याकेजहरु बनाएर नेपालीलाई पर्यटकका रूपमा विदेश लैजाने गरेका छन् ।

तिमध्ये सम्सरा हलिडेजले दराज मार्फत बाली लगाएत अन्य गन्तव्यका लागि विशेष छूटमा ‘अल इन्क्लुसिभ ४ रात/ ५ दिनका प्याकेज’हरु तयार गरेको छ ।

पछिल्लो समय नेपालीहरु चाडपर्वको अवसर पारेर विदेश भम्रणमा जाने प्रचलन पनि बढिरहेको छ । विशेषगरी भ्रमणका लागि नेपालीहरू अहिले इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, यूएई, सिंगापुर, युरोप तथा अमेरिकासम्म जाने गरेका छन् ।

अमेरिका तथा युरोपको प्याकेज भने केही लामो हुने गर्दछन् । अरु भने ४ रात ५ दिन हुने गर्दछन् जुन बन्न सक्छन् दशैं विदामा घुम्न जाने ३ उत्कृष्ट गन्तव्यहरु ।

बाली

पर्यटन मन्त्रालयका अनुसार अहिले नयाँ गन्तव्यका रूपमा उदय भएको स्थान हो इन्डोनेसियाको बाली । बाली जाने नेपालीहरुको संख्या वाषिर्क २५ हजारभन्दा बढी रहेको छ । बालीमा रहेको हिन्दू मन्दिर तथा त्यहाँका विभिन्न दृश्यावलोकनका लागि नेपालीहरू बढी जाने गरेको उनले बताए ।

सम्सरा हलिडेज्ले बाली को लागी विशेष ‘अल इन्क्लुसिभ ४ रात/ ५ दिनका प्याकेजू तयार गरेको छ । यो प्याकेजको मूल्य रु. ७८ हजार ९९५ रहेको छ तर उक्त प्याकेज दराजबाट किन्ने पहिलो १० जनाले अतिरिक्त रु.२५०० को छूट पाई रु. ७६ हजार ४९५ मा पाउन सक्नेछन् । यो प्याकेज सेप्टेम्बर महिनाको २९ तारीख (१५ भदौ) को लागी हो ।

दुबई

पर्यटनको लागि निकै सुन्दर मानिएको भनिने दुबई घुम्नकै लागि धेरै नेपालीहरु जने गर्छन् । बिश्वको सबैभन्दा ठूलो मानव निर्मित टावर बुर्ज खालिफा पनि दुबई मै पर्छ । पर्यटकको रोजाईमा पर्ने मरभूमि सफारी, मिरकल गार्डेन, धौउ क्रुज, मेट्रो रेल, लगायतका घुम्ने स्थल दुबई भएको हुँदा पनि पर्यटकको रोजाईको क्षेत्र बन्ने गरेको छ दुबई ।

सम्सरा हलिडेज्ले दुबई को लागी विशेष ‘अल इन्क्लुसिभ ४ रात/ ५ दिनका प्याकेज’ तयार गरेको छ । यो प्याकेज को मूल्य रु. ७२ हजार ९९९ रहेको छ जुन अतिरिक्त ६ प्रतिशत छूट पाई रु. ६८हजार ४६२ मा अनलाइन शपिङ साइट दराज बाट पनि किन्न सकिन्छ ।

इजिप्ट

इजिप्ट ऐतिहासिक, आधुनिक र प्राकृतिक आकर्षण ले भरीएको छ । दशैंको छुट्टकिो आनन्द लिन इजिप्ट एकदमै सही गन्तव्य हो । गीजा को ग्रेट पिरामिड, र ग्रेट स्फींक्स संसारकै सबै भन्दा ऐतिहासिक स्मारकमा पर्दछन् । त्यति मात्र नभई इजिप्ट नाइल नदी, विश्व प्रसिद्ध मीनारहरु, रेड सी, सुन्दर समुन्द्री तटहरु, एतिहासीक शहरहरुले पनि सजिएको छ ।

सम्सरा हलिडेज्ले दुबई को इजिप्ट लागी विशेष ‘अल इन्क्लुसिभ ४ रात/ ५ दिनका प्याकेजहरु’ तयार गरेको छ । यो प्याकेज को मूल्य रु. ९२ हजार ८४५ रहेको छ जुन अतिरिक्त ६५ छूट पाई रु. ८९,५२७ मा अनलाइन शपिङ साइट दराज बाट पनि किन्न सकिन्छ ।

एजेन्सीहरूका अनुसार दसैंको घटस्थापनादेखि नै तिहारसम्मलाई लक्ष्य गरी बनाइएका टुर प्याकेजहरु ल्गभग सबै ‘प्याक’ हुने गर्दछन् । स्रोत अनुसार सदसैंतिहार बिदामा मात्रै २० हजारभन्दा बढी नेपाली ट्राभल एजेन्सीले ल्याएका प्याकेजको प्रयोग गरी विदेश भ्रमणका लागी जाने गरेका छन् ।

यसका साथै दशैँ को अवसर मा दराजले भदौ २९ देखि अशोज १३ सम्म थुप्रै ब्रान्ड्हरुमा ६०प्रतिशत सम्मको छूटका साथै कार्ड पेमेन्टमा २० प्रतिशत सम्मको छूटका साथ दशैँ दराज धमाका लिएर आउने भएको छ ।

अभियान अनुसार ग्राहकहरुले भदौ २९ देखि अशोज ०५ को बीच मा दराज बाट शपीङ गरे बापत बम्पर उपहारका रुपमा नयाँ टिभीएस अपाचे आर टी आर १६० भी पनि जीत्न सक्नेछन् । साथै अलिबाबा ग्लोबल को सबै भन्दा ठुलो सेल दिवस ११.११ पनि यस कार्तिक २५ गते हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?