+
+

अमलेखगञ्जमा यस्तो छ पेट्रोलियम पाइपलाइन उद्घाटनको तयारी (फोटोफिचर)

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ भदौ २४ गते २:००

२३ भदौ, अमलेखगञ्ज । नेपाल तथा भारतका प्रधानमन्त्रीले भोली आआफ्नो देशबाट बटन थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दैछन् । यसका लागि दुवै देशमा सबै तयारी पूरा भएको छ ।

भोली नेपाली समय अनुसार दिउसो १२ बजेर १५ मिनेटमा उद्घाटन कार्यक्रम तय गरिएको छ । दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप अन हुन्छ । त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेपछि यता अमलेखगञ्जमा तेल झारिन्छ ।

तेल पहिल्यै पाइपमा भरेर राखिएको हुनाले स्वीच थिच्नासाथ तेल खस्न थाल्नेछ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्नेछन् । त्यसलाई निगमका प्रमुखले भण्डारगृहमा खन्याउनेछन् । त्यससँगै पाइपबाट तेल भण्डारगृहमा खन्याइन्छ ।

उद्घाटन कार्यक्रमका लागि नेपाल आयल निगमका विभागीय प्रमूखहरु अमलेखगञ्जमा पुगिसकेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अम्लेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई एक अर्कामा प्रत्यक्ष भिडियो रुपमा जोडिने छ । प्रधानमन्त्री ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिव सहितको टोली सिंहदरबारमा हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाईपलाईन परियोजनाका नेपाली तथा भारतीय प्रमुखहरु उक्त दिन अमलेखगञ्जस्थित डिपोमा हुनेछन् ।

उद्घाटन सकिएपछि भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाईपलाईनबाट नियमित तेल डिपोमा जम्मा हुन थाल्नेछ । उक्त पाईपलाईनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो । पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाईपलाईनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

नेपालतर्फको पाईपलाईनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ भने भारतले आफ्नो भूमीतर्फको सुृरक्षा तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट गराउनेछ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?