+
+
Shares

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १६:०३

२४ भदौ, काठमाडौं । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख  पौडेलको भनाइ छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन मंगलबार नै उद्घाटन भएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?