Comments Add Comment

चाइनिज ताइपेविरुद्ध नेपालको तीन खेलाडी परिवर्तन

२४ भदौ, काठमाडौं । नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणको दोस्रो अवे खेलमा चाइनिज ताइपेविरुद्ध नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

ताइपे रंगशालामा केहिबेरपछि सुरु हुने खेलमा घरेलु टोली चाइनिज ताइपेविरुद्ध तीन डिफेन्समा दुई र मिडफिल्डमा एक खेलाडी परिवर्तन गरेको हो । यसअघि कुवेतविरुद्ध खेलेका विक्रम लामाको स्थानमा अञ्जन विष्टलाई प्लेइङ इलाभेनमा समावेश गरिएको छ । त्यस्तै, यसअघि कुवेत विरुद्ध खेलेका डिफेन्डर अजित भण्डारी र सुमन अर्यालको स्थानमा रन्जित धिमाल र दिनेश राजवंशीलाई प्लेइङ इलाभेनमा समावेश गरिएको छ ।

नेपाल टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान)

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, रञ्जित धिमाल

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रवि पासवान

फरवार्ड : विमल घर्तिमगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment