+

प्रिन्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो जित

२०७६ भदौ  २६ गते १८:२६ २०७६ भदौ २६ गते १८:२६
प्रिन्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो जित

२६ भदौ, काठमाडौं । नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले दुवईमा जारी दुवई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सेरिजमा पुरुष एकल र मिश्रीत जोडी दुवै तर्फ जित निकाल्न सफल भएका छन् ।

अघिल्लो संस्करणका विजेता प्रिन्सले यु–१९ को एकल खेलको दोश्रो चरणमा दुवईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन् । दोश्रो बरियतामा रहेका प्रिन्सले पहिलो चरणमा बाई पाउँदै दोश्रो चरण प्रवेश गरेका थिए । प्रिन्सले बिना बरियताका मोहनलाई २१–८ र २१–१५ को सेटमा पराजित गरेका हुन् । अव उनले तेश्रो चरणमा दुवईका कृष्ण कुमार कौशिकसँग प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै प्रिन्सले मिश्रित जोडीमा पनि जित हात पार्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । प्रिन्सले दुवईमा नै बसोबास गर्दै आइरहेकी महेन्द्रनगरकी सानिया चन्दसँग मिलेर दुवईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१–१४ र २१–१७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय