
घर भनेको एउटा व्यक्तिको ठुलो सपना हो । यो सपना पुरा गर्न उसले आफ्नो सम्पुर्ण जीवन अर्पण गरेेको हुन्छ । आफ्नो घर भएपछि यो गर्छु र त्यो गर्छु भन्ने कल्पना गरेको हुन्छ ।
हरेक व्यक्तिले आफ्नेा घर बनाउँदा हरेक कुरामा धेरै विचार गरेको हुन्छ, तर हरेक कुरामा ध्यान दिँदा-दिँदै पनि कति कुराहरुमा केही न केही बिगि्ररहेको हुन्छ ।
घरको भित्ता, झ्याल, ढोका आदि बनाउँदा ध्यान दिइएन भने पछि समस्या उत्पन्न गराउन सक्छ । घर बनाउँदा विभिन्न कुराहरुमध्ये भर्याङ पनि एक हो । यदि घरको भर्याङंमा समस्या भयो भने भविष्यमा धेरै कुराहरुको लागि गाह्रो हुन सक्छ ।
प्रायः मानिसहरुमा आर्किटेक्टको सहयोगबिना नै ठेकेदारले बनाएको नक्शाको आधारमा घर निर्माण कार्यको थालनी गर्ने पुरानै चलन छ । जसको सबैभन्दा ठूलो नकारात्मक प्रभाव घरको भर्याङंमा पर्छ । त्यसैले आज हामी तपाईंलाई घरको भर्याङ बनाउँदा कुन-कुन कुरामा ध्यान दिनु पर्छ भन्ने बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं, जसको सहायताले तपाईंको भर्याङको डिजाइन र लुक्स दुवै राम्रो हुन्छ ।
भर्याङ बनाउँदा घरको छतलाई विचार गर्नु पर्छ, जसले गर्दा भर्याङ चढ्दा र ओर्लिंदा तपाईंको टाउको ठोकिनबाट बच्छ । भर्याङ र छतबीचमा केही ग्याप भयो भने तपाईं मात्र होइन, तपाईं कहाँ आउने अग्लो कदका पाहुनाको टाउको पनि जोगिन्छ ।
भर्याङको आकारमा ध्यान दिनु पर्छ
भर्याङको खुड्किलालाई कम से कम ८ सय ४० एमएम अथवा एक मिटरसम्म राख्नु पर्छ । भर्याङ चढ्दा अथवा ओर्लिंदा कुनै किसिमको अफ्ठ्यारो भएन भने त्यसलाई राम्रो भर्याङ मान्न सकिन्छ । विशेष गरेर कुनै पनि वयस्कको एक पाइला अर्थात स्टेप ६० एमएमको हुन्छ । त्यसलाई ध्यानमा राखेर भर्याङ निर्माण गराउनु पर्छ ।
कुनै भर्याङको खुड्किला अग्लो, कुनै होचो भयो भने दुर्घटना हुने सम्भावना हुन्छ । त्यसैले भर्याङ बनाउँदा यसको सबै खुड्किलाको आकार प्रकार समान हुन आवश्यक हुन्छ ।
राइजरलाई ध्यान दिनु पर्छ
घरमा प्रयोग हुने भर्याङमा २५० एमएमको ट्रेड र १६५ एमएमदेखि १७५ एमएम सम्मको राइजर प्रयोग गर्न सकिन्छ । योभन्दा धेरै राइजर राख्नु परेमा २२० एमएमसम्म राख्न सक्नु हुन्छ । यदि राइजर धेरै अग्लो भयो भने खुट्टा पनि धेरै माथि उठाउनु पर्छ, जसले थोरै भर्याङ चढ्दा नै थाकिन्छ ।
डिजाइनमा ध्यान दिनु पर्छ
भर्याङ डिजाइन गर्दा सजिलै चढ्न र ओर्लन सकिने किसिमको हुनु पर्छ । यदि कोठाको ढोका भर्याङ नजिकै छ भने भर्याङ र कोठाको ढोकाबीच ३१० मिलीमीटरको न्युनतम दुरी राख्नु आवश्यक छ । भर्याङबाट फर्निचर बोक्न समस्या हुनु हुँदैन । भर्याङ बनाउँदा फराकिलो बनाउनु पर्छ, ताकि तपाईंले केही सामानहरु माथि लैजान-ल्याउन पर्यो भने कुनै समस्या नहोस् ।
स्टील फिनिस भएको रेलिङ प्रयोग गर्नुपर्छ
भर्याङको डेकोरेशनको लागि धेरै किसिमको डिजाइनहरु उपलब्ध छन् । यसलाई सुन्दर र आकर्षक बनाउने सबैभन्दा ठूलो भुमिका रेलिङको हुन्छ । यदि रलिङ भएको भर्याङ राख्ने हो भने फलाम अथवा स्टील फिनिस भएको रेलिङको प्रयोग पनि गर्न सकिन्छ ।
प्रतिक्रिया 4