२९ भदौ, काठमाडौं । समाजवादी पार्टी नेपालले केन्द्रिय सल्लाहकार समितिको जिम्मेवारी भीमप्रसाद गौतमलाई दिएको छ । पूर्व भूमीसुधार मन्त्री समेत रहेका गौतम तत्कालिन नयाँ शक्ति पार्टीका नेता हुन् । केन्द्रिय सल्लाहकार समितिको सचिवको जिम्मेवारी भने सुमन कुमार चौधरीले पाएका छन् । चोधरी तत्कालिन संघीय समाजवादी फोरम नेपालका नेता हुन् ।
राजधानीमा आइतबार समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गौतलाई सल्लाहकार समितिको प्रमुखको रुपमा सपथ ग्रहण गराएका छन् ।
समाजवादी पार्टी नेपालका उपाध्यक्ष नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ, हेमराज राई लगायत चार जना सदस्य रहेको कार्यदलले गौतमलाई प्रमुख र चौधरीलाई सल्लाहकार समितिको सचिवमा सिफारिस गरेको थियो । समाजवादीले ९६ जना केन्द्रिय सल्लाहकार समिति बनाएको छ । अर्को बैठकले ३ जना थपेर सल्लाहकार समिति ९९ जना पु¥याइने गौतमले बताए ।केन्द्रिय सल्लाहकार समितिमा फोरमबाट ४७ जना र नयाँ शक्तिबाट ४५ जना परेको उनले बताए ।