+
+
Shares

म विकल्पविहीन होइन, तर अहिलेको परिस्थितिमा उपयुक्त पात्र हुँ : हिक्मत कार्की

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १६:५८

१८ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेकै परिस्थितिमा मुख्यमन्त्री पद नछाड्ने बताएका छन् । नेकपा एमालेले उनलाई राजीनामा दिन दबाब दिइरहेका छन् । तर कार्कीले पार्टीबाट निर्णय हुनुपर्ने भन्दै राजीनामा दिन नमानेका हुन् ।

पार्टी र संसदीय दललाई एकताबद्ध बनाएर लैजान र राजनीतिक गाँठो फुकाउन आफु उपयुक्त पात्र रहेको उनको भनाई छ । ‘नेकपा एमाले अहिले जुन राष्ट्रिय राजनीतिमा छ, त्यसलाई हेर्दा प्रदेश सभाभित्र मै उपयुक्त पात्र हुँ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

सोमबार पार्टी र संसदीय दलको बैठकपछि उनले विधि र प्रक्रयाबाट अघि बढ्ने बताएका हुन् । ‘अध्यक्षज्यूले कसरी अगाडि बढ्ने भन्नेबारे सोध्नुभएको छ,’ उनले भने, ‘मैले केही विधि र व्यक्तिका बारेमा आफ्ना कुराहरू स्पष्ट राखेको छु ।’

संसदीय दल भित्र उनलाई हटाउन हस्ताक्षर संकलन भइरहेको छ । कार्कीले भने सरकार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेका कारण आफू संसदीय दलको नेता मात्रै नभइ सांसदको रुपमा सरकारको नेतृत्व गरिरहेको बताए ।

‘म संसदीय दलको नेता मात्र भएर मुख्यमन्त्री भएको होइन,’ बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘६५ भन्दा बढी प्रदेश सभा सदस्यको विश्वासको मत लिएर सरकार बनेको हो । यो उपधारा ५ को सरकार हो र आफ्नै ढंगले अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?