Comments Add Comment

आर्सनलले वाटफोर्डसँग अंक बाँड्यो

Photo Credit : प्रिमियर लिग

३० भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र वाटफोर्डले बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति भएको खेलमा आर्सनल वाटफोर्डसँग २-२ गोलको बराबरी खेलको हो । २-० गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँडेको हो । आर्सनलका लागि दुबै गोल पेरिक एम्रिक आबुमियाङले गरे । वाटफोर्डका लागि भने टम क्लेभर्ली र रोबर्टो पेरेयराले गोल गरे ।

खेलको २१ औं र ३२ औं मिनेटमा गोल गर्दै आबुमियाङले आर्सनललाई २-० गोलको अग्रता दिलाए । उनकै गोलमा आर्सनलले पहिलो हाफसम्म २-० को अग्रता लिएको थियो । तर दोस्रो हाफमा आर्सनलले पहिलो हाफको जस्तो प्रदर्शन गर्न सकेन ।

खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै वाटफोर्डलाई २-१ को स्थितिमा ल्याए । ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीबाट गोल गरेपछि खेल २-२ को बराबरीमा सकेको हो ।

अर्को खेलमा बर्नेमाउथले एभर्टनलाई ३-१ गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment