+

भ्यालेन्सियासँग हार्‍यो चेल्सी, अर्को खेलमा आयाक्सको राम्रो सुरुवात

२०७६ असोज  १ गते ७:५१ २०७६ असोज १ गते ७:५१
भ्यालेन्सियासँग हार्‍यो चेल्सी, अर्को खेलमा आयाक्सको राम्रो सुरुवात

१ असोज, काठमाडौं । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासँग १–० गोलअन्तरले पराजित भएको हो । योसँगै समूह ‘एच’ मा रहेको चेल्सीले खराब सुरुवात गरेको छ ।

भ्यालेन्सियाको जितमा रोड्रिगो गोल गरे । उनकै निर्णायक गोलमा चेल्सीलाई भ्यालेन्सियाले स्तब्ध बनाउन सक्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ७४औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । बाँकी समयमा चेल्सीलाई रोक्दै भ्यालेन्सियाले १–० गोलको जित हात पारेको हो ।

त्यस्तै, यही समूहमा भएको अर्को खेलमा आयाक्सले लोस्कलाई ३–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा एक गोलको अग्रता बनाएको आयाक्सले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको हो ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय