
१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरेको छ ।
अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पन्त पक्राउ परेको पुष्टि गरेका छन् । उनले अनलाइनखबरसँग भने, ‘पक्राउ गरिएको हो । तर, के प्रायोजनका लागि कति रूपैयाँ लिइएको भन्ने खुलिसकेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4