Comments Add Comment

यु-१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग पनि हार्‍यो

५ असोज, काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले  कमजोर मानिएको भुटानसँग  ३-० को लज्जास्पद हार व्यहोरेको छ ।

हलचोकस्थित  सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा खेल हारेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । खेल जितेपछि भुटान  भने सेमिफाइनल प्रवेश गरेको  छ ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै भुटानले शानदार जीत हात पारेको हो ।

खेलको ३७ औं मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै केल्जिङ जिग्मीले भुटानलाई २–० को अग्रता दिलाए ।

भुटानका लागि तेस्रो गोल खेलको अतिरिक्त समयमा कर्मा सोनामले गरे ।

समूह ‘ए’ मा रहेको नेपाल सेमिफाइनलमा जाने गणितीय सम्भावनामात्रै बाँकी छ । भुटानले अब २४ तारिखमा माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गरेमा मात्र नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

यसअघि नेपालले समूह चरणको खेल माल्दिभ्ससँग १-१  गोलको बराबरी खेलेको  थियो । यसअघि यु-१८ साफ च्याम्पियनसिपकै २०१७ को  खेलमा पनि नेपाल समूह चरणमा भुटानसँग पराजित  भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment