Comments Add Comment

किन, कसलाई र कसरी हुन्छ प्यानिक अट्याक ?

आजको व्यस्त जीवनशैलीले मानिसहरुलाई अनावश्यक कुरा काटेर बस्न परेको छैन । तर, यसको नकारात्मक असरले भने हाम्रो जीवनशैली तनावयुक्त हुन थालेको छ । व्यस्त जीवनशैली बाहेक ब्रेकअप, सम्बन्ध विच्छेद, एक्लोपना, विभिन्न कुराको तनाव, जागिर जाने डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना हुन्छ ।

यी समस्याहरुलाई मानिसले मनमा लिन्छन् र तर्सन थाल्छन् । यस्तो अट्याक उनीहरुका लागि वार्निङ सिग्नल हो । यदि उनीहरुले समयमा आफ्नो मुटुको रक्षा गरेनन् भने भविष्यमा गम्भीर स्थितिको सामना गर्नु पर्ने हुन्छ ।

किन हुन्छ प्यानिक अट्याक ?

प्यानिक अट्याक आउने त्यस्तो विशेष कारण कुनै पनि हुँदैन, तर यो एन्जाइटीसँग सम्बन्धित हुन्छ । अमेरिकाको नेशनल इंन्स्िटच्युट अफ मेन्टल हेल्थमा भएको एक अध्ययनअनुसार प्यानिक अट्याक एक प्रकारको एन्जाइटी डिसअर्डर हो । जसमा कहिलेकाहीँ कुनै प्रकारको डर अथवा फोबिया पनि अट्याकको कारण बन्न सक्छ । यसबाहेक चिन्ता, उदासीनता, निरासा जस्ता कारणहरुले पनि प्यानिक अट्याक हुन सक्छ ।

-प्यानिक अट्याक कुनै पनि स्थितिमा आउन सक्छ । जस्तै सुतेको समयमा, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गररहेको समयमा ।

-आफ्नो प्रेमीसँगको ब्रेकअपका कारण, सम्बन्ध विच्छेद, आफ्नो नजिक र प्रिय मानिसको मृत्युले आहत अथवा निरास हुनाले पनि प्यानिक अट्याक हुन्छ ।

-जागिर छुट्नाले अथवा छुट्ने डरका कारण

-दीर्घ रोगले ग्रस्त भएको कारण

-महत्वपूर्ण डिल अथवा प्रोजेक्ट रद्ध भएको कारण

-जिन्दगीमा भएको कुनै नराम्रो घटनाको कारण

-कुनै स्थितिमा मेडिकल कारणहरुले पनि प्यानिक अट्याक आउन सक्छ ।

प्यानिक अट्याकका लक्षणहरु

-मुटुको धड्कन बढ्नु ।

-सास फेर्न गाह्रो हुने र घाँटीमा केही अडि्कए जस्तो हुनु ।

-कुनै कुराको डर आफूमा हावी हुनु ।

-छाती दुख्नु र छटपट हुनुु ।

-चिसो मौसममा पनि गर्मी भएको महसुस हुनु ।

-मर्ने कुराले डराउनु ।

-पसिना आइरहनु र शरीर कामेको महसुस हुनु ।

-टाउको दुख्नु, रिगंटा लाग्नु र बेहोस नै भएको महसुस हुनु ।

-शरीर दुख्नु, पेट बटारिएको अनुभव हुनु ।

कस्ता व्यक्तिलाई प्यानिक अट्याक हुन सक्छ ?

पुरुषको तुलनामा महिलालाई प्यानिक अट्याक आउने बढी सम्भावना हुन्छ । घर र अफिसको धेरै जिम्मेवारी महिलाको काँधमा हुन्छ, जसका कारण उनी दबावमा काम गर्छिन् । त्यसैले महिलालाई प्यानिक अट्याकको सम्भावना बढी भएको हो ।

जुन महिलाहरु आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्छन्, जसमा धेरै जिम्मेवारीहरु हुन्छ, अथवा जसलाई धेरै तनाव हुन्छ, त्यस्ता महिलालाई प्यानिक अट्याक हुन्छ ।

दम, ब्लड प्रेसर र डायबिटिज जस्ता बिरामीले ग्रस्त व्यक्तिलाई पनि प्यानिक अट्याक हुन सक्छ ।

प्यानिक अट्याक हुँदा के गर्ने ?

प्यानिक अट्याक भएको व्यक्तिलाई तुरुन्त खुल्ला ठाउँमा राख्नु पर्छ । उसले लगाएको लुगा खुकुलो गरिदिनुु पर्छ, जसले उसलाई सास फेर्न सहज होस् । लामो सास फेर्न लगाउनु पर्छ । यसो गर्दा प्यानिक अट्याक नियन्त्रण हुन्छ । यसको लागि विस्तारै-विस्तारै एकदेखि पाँचसम्म गन्दै सासभित्र लिने केही समय सास रोकेर राख्ने र विस्तारै-विस्तारै सास छोड्ने गर्नु पर्छ ।

केही सेकेन्डको लागि सास रोक्नु पर्छ । टाउकोलाई कहिले थिच्ने र कहिले बायाँतिर घुमाउने गर्नु पर्छ ।

व्यक्तिको हात समातेर सान्त्वना दिनु पर्छ । १०-१५ मिनेटसम्म पनि पीडितलाई राहत अनुभव भएन भने जतिसक्दो चाँडो डाक्टरकहाँ लैजानु पर्छ । अट्याक भएको समयमा पीडितले आफ्नो ध्यान कुनै एक वस्तुमा केन्द्रित गर्ने कोसिस गर्नु पर्छ । त्यो वस्तुको रंग, डिजाइन र प्याट्रनको बारेमा सोच्नु पर्छ ।

लामो सास जस्तै मसल्स रिल्याक्सेशन टेक्निकले पनि प्यानिक अट्याकलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।

प्यानिक अट्याक पीडित व्यक्तिलाई चिसो पानी अथवा जीवनजल पिउन दिनु पर्छ । यसले शरीरलाई राहत प्रदान गर्नुको साथै केही समयपछि मुटुको धड्कन सामान्य हुन थाल्छ ।

प्यानिक अट्याक हुनबाट कसरी बच्ने ?

प्यानिक अट्याक भयो भनेर आत्तिने अथवा डराउनुभन्दा पनि यो हृदयाघात होइन भन्ने कुरालाई बुझ्नु आवश्यक छ । प्यानिक अट्याक अस्थायी हो, जुन केही समयपछि हट्छ र सामान्य स्थितिमा आउँछ । आत्तिनुभन्दा यो अट्याकलाई कम गर्ने तरिकाहरुमा आफ्नो ध्यान केन्दि्रत गर्नुहोस् ।

कहिलेकाहीँ प्यानिक अट्याक दुर्घटना, निराशा, हैरानी, उत्तेजना र हारेको महसुस गर्नाले हुने गर्छ । यस्तो अवस्थामा आफ्नो ध्यान ती कुराहरुबाट हटाउने प्रयास गर्नु पर्छ । यस्ता तनावहरुलाई नियन्त्रण गर्नको लागि आँखा बन्द गरेर आफ्नो ध्यान सासमा केन्दि्रत गर्नु पर्छ ।

डायबिटीजको रोगीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु पर्छ । समयमा खानपान गर्नु पर्छ । धेरै समय भोकै रहनाले सुगरको स्तर कम हुन्छ,जसको कारण प्यानिक अट्याकका खतरा बढ्न सक्छ ।

ब्लड प्रेसर र मुटुको रोगीलाई छटपट हुनासाथ मुटुको धड्कन तीव्र गतिमा बढ्न थाल्छ, पसिना आउने, रिगंटा लाग्ने जस्ता कुराहरु प्यानिक अट्याकका लक्षणहरु हुन् । पीडितको वरपरका व्यक्तिले पनि यी लक्षणहरुलाई ध्यान दिनु पर्छ ।

यदि तपाइर्ंको परिवारको सदस्य अथवा साथी-भाइ यस अट्याकबाट पीडित छ भने उसँग धैर्यताका साथ प्रस्तुत हुनु पर्छ । उसलाई कराउने अथवा गाली गर्नु हुँदैन । उसको तनावको स्तरलाई बुझनुपर्छ ।

यदि तपाइर्ं वरपरका कोही व्यक्तिलाई प्यानिक अट्याक आएको छ भने यस्तो स्थितिमा आत्तिनुभन्दा धैर्यताका साथ काम गर्नु पर्छ, पीडितलाई सहयोग गर्नु पर्छ ।

डाक्टर कहाँ कहिले जाने ?

प्यानिक अट्याक आएको व्यक्तिलाई जति सक्दो चाँडो डाक्टर कहाँ लैजानु पर्छ । यो स्थिति खतरनाक नभए पनि असहज भने पक्कै हुन्छ, यसलाई एक्लै व्यवस्थापन गर्न सम्भव हुँदैन ।

प्यानिक अट्याकको लागि विशेष उपचार आवश्यक हुन्छ । त्यसको लागि राम्रो चिकित्सकसँग आफ्नो चेकअप गर्ने र सल्लाह लिनु पर्छ । यदि आवश्यक छ भने मनोचिकित्सक र काउन्सिलरको सहायता लिएर आत्तिने र डराउने बानीलाई हटाउने प्रयास गर्नु पर्छ ।

मुटुको सुरक्षाको लागि

-जीवनशैलीमा परिवर्तन ल्याउनु पर्छ ।

-ब्लड सुगरको स्तरलाई नियन्त्रणमा राख्नु पर्छ ।

-तनावमुक्त रहन योग र प्रणायाम गर्नु पर्छ ।

-एन्जाइटीबाट बच्नु पर्छ ।

-तनाव कम गर्न सामान्य व्यायाम गर्नुपर्छ, जसले तपाईंको मुड फ्रेस होस् ।

-आफूलाई व्यस्त राख्नु पर्छ । त्यसको लागि एरोबिक्स, स्विमिंग, डान्सिङ, पेन्टिङ सिक्नुपर्छ ।

-सकारात्मक सोच राख्नु पर्छ । कफी, रक्सी र अल्कोहल पिउनबाट बच्नुपर्छ ।

-दिनभरिको थकान कम गर्न पर्याप्त निद्रा हुनु अति नै आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment