
६ असोज, गोरखा । शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिंह गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए ।
भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई सोमबार बिहान सदरमुकाम ल्याइएको उनले बताए । गुरुङमाथि सोमबार नै मुद्दा दर्ताको तयारी भइरहेको उनले जानकारी दिए ।
गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4