Comments Add Comment

क्यारेबियन प्रिमियर लिगमा सन्दीपले लिए दुई विकेट

७ असोज, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीसीएल) क्रिकेटमा दुई विकेट लिएका छन् ।

बार्बाडोस ट्रिडेन्ट्सका लागि मैदानमा मैदानमा उत्रिएका सन्दीपले मंगलबार बिहान भएको खेलमा जमैका टलवाहसविरुद्ध दुई विकेट लिएका हुन् । सन्दीपले उत्कृष्ट बलिङ गरे ।

४ ओभर बलिङ गरेका सन्दीपले मात्र १७ रन खर्चिएर दुई विकेट हात पारे । यो क्रममा उनले कुनै चौका र छक्का खर्चिएनन् ।

सन्दीपले जमैकाका कप्तान चडविक वाल्टनलाई १३ र ड्वायन स्मिथलाई एक रनमा आउट गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले १८.३ ओभरमा आठ विकेटको क्षतिमा १०८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment