Comments Add Comment

१६ वर्षीया किशोरीले विश्व नेताहरुलाई के भनिन् ?

७ असोज, काठमाडौं । स्वीडेनकी १६ वर्षीया किशोरीले विश्वका नेताहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा झकझक्याएकी छन् ।

पर्यावरण अभियान्ता ग्रेटा थुनबर्गले जनवायु परिर्वतनसम्बन्धी शिखर सम्मेलनमा विश्वका नेताहरुलाई जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न असफल भएको आरोप पनि लगाइन् । उनले भनेकी छन्, ‘तपार्एहरुको हाम्रो सपना, हाम्रो बालापन आफ्नो खाक्रो बयानबाजीमा खोस्नु भएको छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आयोजना गरेको एकदिने बैठकमा विश्वका करीव ६० नेताको सहभागी थिए । कार्बन उत्सर्जन घटाउने योजना ल्याए मात्र शिखर सम्मेलनमा सहभागी देशहरूले आफ्नो धारणा राख्न पाउने बताइएको थियो ।

जलवायु परिर्वतनमा शंका गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठकमा भाग लिने सम्भावना कम छ । उनी केहि समयको लागि दर्शक ग्यालरीमा देखा परेका थिए । ब्राजिल र साउदी अरेबियाले बैठकमा भाग नलिने देशहरू मध्येका हुन् ।

ग्रेटा थुनबर्गले के भनिन् ?

भावुक सम्बोधधनमा थुनबर्गले भनिन् ‘यो पूर्ण रुपमा गलत छ । म यहाँ हुनु हुँदैनथ्यो । म समुद्रमा रहेको स्कूलमा हुनु पर्थ्यो … उनीहरुले आफ्नो अध्ययन एक वर्ष स्थगित गरेका छन् ।’

१६ वर्षीया किशोरीले भनिन्, ‘तपाईंहरुले आफ्नो खोक्रो प्रचारबाजीमा मेरो सपना र मेरो बचपन खोस्नु भयो ।’

उनले विश्वका नेताहरुलाई जलवायु परिवर्तनको क्षेत्रमा तत्काल काम गर्न अनुरोध गर्दै भनिन् ‘हामी तपाईँहरु माथि निगरानी गरिरहेका छौं ।’

विश्व नेताहरूले के–के भने ?

बैठकको आयोजना गर्ने गुटरेसले विश्वमा जलवायु संकट गहिरिँदै गएकाले न्यूनिकरणका लागि तत्काल उचित कदम चाल्नु आवश्यक रहेको बताए । उनले भने, ‘समस्या झन्झन् बढ्दै गइरहेको छ, तर ढिलो भने भइसकेको छैन ।’

जर्मन चान्सलर एन्जेला मर्केलले विश्वमा बढ्दो तापमानसँग लड्न आफ्नो देशले दुई गुणा बढी खर्च गर्ने बताए ।

फ्रान्सेली राष्ट्रपति इम्यूनुअल म्याक्रोले अन्तर्राष्ट्रिय संगठनहरुले जंगलहरूको संरक्षणका लागि ५० करोड अमेरिकी डलर थप सहयोग गर्ने प्रतिवद्धता जनाए । न्युजिल्याण्डका प्रधानमन्त्रीले विश्वमा परिस्थिति परिवर्तन हुन थालेको बताए ।

वैज्ञानिकहरुले दिए यस्तो चेतावनी

विश्वव्यापी जलवायु परिवर्तनबारे युवाहरूको अगुवाईमा लाखौं मानिसले प्रदर्शन गरेको केही दिनपछि यो शिखर सम्मेलन भइरहेको हो । बैठक हुनु अघि वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिको संकेत र प्रभावहरु बारे चेतावनी दिएका थिए ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले विगत १६ बर्षमा कार्बन उत्सर्जन २० प्रतिशतले बढेको उल्लेख गरेको छ । डब्ल्यूएमओको एक रिपोटले कार्बन उत्सर्जन २० प्रतिशतले बढेको देखाएको हो । रेकर्डले देखिएअनुसार सबैभन्दा गर्मी वर्ष यही नै हो । अर्थात २०१४–२०१९ को बीचमा सबभन्दा बढी तापक्रम रेकर्ड भएको छ ।

ग्रान्थम इन्स्टिच्युट, इम्पिरियल कलेज लन्डन अध्यक्ष एवं मौसम विज्ञानका प्राध्यापक ब्रायन होसकिन्सले स्कुले बालबालिकाको भनाइको मनन् गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment