+
+
Shares

यातायात कार्यालय जगातीका ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते १८:१७

८ असोज, काठमाडौं । नक्कली भारतीय लाइसेन्सलाई घुस लिएर नेपालीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालयका शाखा अधिकृत अनोजराज घिमिरे, कोमलराज निरौला र नायब सुब्बा हेमकुमार बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले सेवाग्राही सुन्दर अधिकारीद्वारा नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणका लागि पेश गरेको निवेदनअनुसार नक्कली भारतीय लाइसेन्सलाई गलत ढंगले नेपालीकरण गरेको अख्तियारको दावी छ ।

नक्कली भारतीय लाइसेन्सको आधारमा बनेको अधिकारीको नेपाली लाइसेन्स खारेज गर्न पनि अख्तियारले माग गरेको छ । अख्तियारले अधिकारीलाई समेत मतियारको कसूर गरेको भनी कारबाही गर्न माग दावी गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?