+
+
Shares

कोसी पीडित भन्छन्- सशक्त आन्दोलन गर्न दुई कदम पछि हट्यौं

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १३:०३
Photo Credit : ज्योती झा/फेसबुक

९ असोज, विराटनगर । कोसी नदीका कारण विस्थापित भएकाहरुले सशक्त आन्दोलनका लागि रिले अनसन स्थगित गरेको बताएका छन् ।

गत साउन ३२ गतेबाट रिले अनसन बस्दा पनि सरकारले चासो नदिएपछि कोसी पीडितहरुले बिहीबारबाट आन्दोलन स्थगित गरेका छन् । तर, उनीहरुले यसलाई सशक्त आन्दोलनको तयारीको रुपमा लिएका छन् ।

‘आन्दोलन स्थगित भएको होइन स्वरुप परिवर्तन भएको हो,’ कोसी नदी कटान डुबान, पीडित संघर्ष समितिका उपाध्यक्ष ज्योति झा भन्छन्, ‘छठसम्म जागरण अभियान चलाउछौं, माग सम्बोधन नभए छठपछि कडा संघर्ष गर्छौं ।’

प्रधानमन्त्रीले माग सम्बोधन गर्ने विषयमा चासो देखाएका कारण छठसम्मका लागि अनसन स्थगित गरिएको झाले बताए । ‘प्रधानमन्त्री ज्यूले छठसम्म माग सम्बोधनका लागि पहल गर्ने आश्वासन पठाउनु भएको छ,’ उनले भने, ‘छठसम्मका लागि दुई कदम पछि हटेका हौं ।’

वि.सं. २०११ सालको कोसी सम्झौताअनुसार सुनसरी र सप्तरीका पीडितहरुले राहत पाएका छैनन् ।

तत्कालीन सिंचाइ मन्त्री महेन्द्र रायको पालामा ०६७ सालमा कोसी प्रभावित ७ हजार ६ सय ६३ विघा ८ कठ्ठा २ धुर जग्गाका धनीलाई प्रतिविघा १ लाख पाँच हजार रुपैयाँको दरले ८० करोड क्षतिपूर्ति दिने आश्वासन दिएपनि भारतले क्षतिपूर्ति पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?