
९ असोज, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन ललितपुरबीच हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरे ।
उच्च अदालत परिसरमा विस्तारित काउन्टर सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4