
Photo Credit : एसिड आक्रमणमा परेकी मुस्कान खातुन/अनलाइनखबर फाइल
९ असोज, काठमाडाैं । एसिड आक्रमणमा परेकी काठमाडाैं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो ।
काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए ।
मुस्कानलाई भदाै २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए ।
एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4