Comments Add Comment

सशस्त्र प्रहरीका सहायक हवल्दार घुससहित पक्राउ

१० असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई प्रतापपुरबाट घुस रकमसहित पक्राउ गरेको छ ।

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत सशस्त्र प्रहरी बेश क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार मौर्यलाई सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मौर्यले सामान ल्याउन तथा लैजानका लागि सहज गरिदिने भन्दै सेवाग्राहीहरुसँग पटक पटक घुस लिने गरेको सूचनाको आधारमा बुटवलबाट खटेको आयोगको टोलीले प्रतापपुर गाउँपालिका-२ स्थित नौलो किराना पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment