Comments Add Comment

बारामा चाडपर्व विशेष सुरक्षा योजना लागू

१३ असोज, वीरगञ्ज । चाडपर्वलाई लक्षित गरी बारामा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

आम नागरिकले विजया दशमी, दिपावली तथा छठ पर्व सहज ढंगले मनाउने वातावरण निर्माणका लागि विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

कुनै पनि प्रकारका आपराधिक घटना हुन नदिइ शान्ति सुव्यवस्था कायम राख्न, सुरक्षित एवं मर्यादित वातावरण तयार गर्न विशेष सुरक्षा योजना लागू गरिएको उनले बताए ।

विशेष सुरक्षा योजना अन्तर्गत पैदल तथा मोबाइल गस्ती, पेट्रोलिङ्ग, पिकेटिङ्ग, सरप्राईज चेकिङ, एम्बुसिङ, मोटरसाईकल गस्तीसँगै राजमार्गमा रहेका होटल तथा बजार अनुगमनको व्यवस्था मिलाईएको उनले बताए । त्यसका लागि कार्यालय सुरक्षार्थ बाहेक ४ सय ७६ जना प्रहरी कर्मचारी परिचालन हुने छन् ।

बैंक तथा वित्तिय संस्था, महत्वपूर्ण प्रतिष्ठान, सुन चाँदी पसल, बढी भीडभाड हुने स्थानहरूमा युनिफर्मसहितका र सादा पोशाकका प्रहरी परिचालन, राजमार्गमा संचालित रात्री बसमा लुटपाट हुन नदिन चुरियामाईदेखि धन्सारपुलसम्म हातहतियारसहित प्रहरी परिचालन गरिने, मन्दिर तथा शक्तिपिठहरूमा दर्शानार्थीहरूको सुरक्षामा विशेष ध्यान दिने, यात्राको क्रममा यात्रुहरूलाई कुनै किसिमको हैरानी तथा बढी भाडा तिर्न नपरोस भन्ने उद्देश्यले कलैयाको भरत चोक, सिमरा बजार चोक, जीतपुर बजार, पथलैया चोक, अमलेखगंज, निजगढ, गण्डक चोक, प्रसौनी, सिम्रौनगढ बजारमा यात्रु सहायता कक्षको व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरि चेकजाँच गरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई कारबाही गर्ने, भारतीय सिमा नाकामा सुक्ष्म निगरानी, कडाईका साथ चेकजाँच गर्ने, चोरी तस्करी नियन्त्रण गर्ने, मुख्य राजमार्ग तथा सहायक राजमार्गहरूमा संचालित सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, ट्राफिक नियम उलंघन गर्ने माथी कारवाहीको लागी ट्राफिक सहितको संयुक्त चेकिङको व्यवस्था मिलाईएको छ ।

आमनागरिकको सेवा तथा सुरक्षाको लागी शंकास्पद गतिविधि देखेमा तथा सुरक्षामा अप्ठेरो महसुस भएमा जुनसुकै बेला १००, ९८५५०४५१०१, ९८५५०४८१०१ मा प्रहरीलाई सूचना दिन समेत प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment