+
+
Shares

गोरखाको दशैं मेलामा जुवा, एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १४ गते १८:०४

बिकास मरहट्टा । गोरखामा सञ्चालित दशैं सस्तो बजार मेलामा जुवा खेलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीका ४१ वर्षीय हिरा शाहलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद २१ हजार ४८० रुपैयाँसमेत बरामद भएको डीएसपी मित्रबन्धु शर्माले बताए ।

‘फिरफिरे नामको खेल खेलाएका रहेछन्, यो एक प्रकारको जुवा नै हो, अनुमति पनि लिएका रहेनछन्, नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
प्रहरीले जुवाका सामानसमेत जफत गरेको छ ।

उनीसहितले मेला स्थलको बाल उद्यानतर्फ जुवा खेलाउन स्टल राखिएको छ । फिरफिरे नाम दिदै खेलाइएको जुवामा हजारौं रकमको कारोबार हुने गरेको बताइएको छ ।

एक व्यक्तिले २५ हजार हारेर प्रहरीलाई खबर गरेपछि जुवा खेलाएको थाहा भएको थियो ।

आयोजक चेम्वर अफ कमर्स गोरखाले भने जुवाको खेल मेलामा नभएको दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?