Comments Add Comment

निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा

हेमराज वीसीको निर्देशनमा तयार भएको चलचित्र ‘घामड शेरे’मा समावेश लोक शैलीको गीत ‘साली मन पर्यो’ सार्वजनिक गरिएको छ । यो चलचित्र कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ । बिहेमा जन्ती गएको भिनाजुले सालीलाई देखेपछि गाएको यो गीतलाई रोचक बनाइएको छ ।

कालिप्रसाद बाँस्कोटाको शब्द, संगीत तया स्वर रहेको यो गीतमा अस्मिता अधिकारीले पनि आवाज दिएकी छिन् । सामाजिक कमेडी कथामा तयार भएको यो चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकको साथमा अतिथी भूमिकामा नायिका गौरी मल्लको मुख्य भूमिका छ ।

नरेन्द्र विक्रम बुढा कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ ।चलचित्रमा निश्चल र स्वस्तिमाको भूमिकालाई कसरी प्रस्तुत गरिएको छ भन्ने कौतुहलता रहेको समयमा यो गीतबाट उनीहरुको चलचित्र भित्रको सम्बन्ध भने प्रष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment