Comments Add Comment

च्याम्पियन्स लिगमा चेल्सी र आयाक्सको जित

Photo Credit : च्याम्पियन्स लिग

१६ असोज, काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा लिलीलाई पारजित गरेको छ ।

बुधबार राति भएको समूह ‘एच’ को खेलमा चेल्सीले फ्रेन्च क्लब लिलीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा टामी अब्राहम र विलियनले गोल गरे । यता, लिलीका लागि भने भिक्टर ओसिम्हेनले गोल फर्काएका थिए ।

२२ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा भिक्टरले गोल गरेपछि लिलीले १–१ गोलको बराबरी बनाएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो । खेलको ७८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २–१ गोलको जित दिलाएको हो ।

समूह ‘एच’ कै अर्को खेलमा आयाक्सले भ्यालेन्सियालाई ३–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको आयाक्सले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment