Comments Add Comment

‘नाइट क्रिम’ र ‘डे क्रिम’मा के छ फरक ?

सौन्दर्यका लागि हामी बिहान घरबाट बाहिर निस्कने बेला पनि अनुहारमा क्रिम लगाउँछौं भने राति सुत्ने बेलामा पनि क्रिम लगाएर सुत्छौं । बिहान लगाउने क्रिमलाई ‘डे क्रिम’ भनिन्छ भने राति लगाउने क्रिमलाई ‘नाइट क्रिम’ । तर, हामीमध्ये धेरै जनालाई डे क्रिम र नाइट क्रिमका बारेमा हुने अन्तरका बारेमा जानकारी नै हुँदैन ।

हामीमध्ये कतिपय राति सुत्ने बेलामा पनि क्रिम लगाएर सुत्छौं । हामीमध्ये धेरै जनालाई ‘डे क्रिम’ र ‘नाइट क्रिम’का बारेमा हुने अन्तरका बारेमा जानकारी नै हुँदैन । हामी दिन र राति नहेरी क्रिम लगाइरहेका हुनसक्छौं । के छ त ‘डे क्रिम’ र ‘नाइट क्रिम’मा फरक ? के तपाईंको छालालाई यी दुबै प्रकारका क्रिमको आवश्यकता पर्छ त ?

यस्तो छ डे र नाइट क्रिमबीचको फरक

‘डे क्रिम’

दिउँसो घाममा निस्किएको बेला छालालाई मेकअप, प्रदूषण, तनाव तथा घामको किरणले समेत हामी पुर्‍याउन सक्छ । त्यसैले एउटा ‘डे क्रिम’लाई छालाको सुरक्षा तथा स्याहारका लागि सधैं तयारी अवस्थामा राख्नुपर्छ । त्यसमा एसपीएफ हुन्छ, जसले बर्निङ तथा फोटोएजिङबाट छालालाई बचाउने काम गर्दछ ।

कफिन जस्ता तत्वहरुले छाला बढी उर्जावान तथा टाइट देखाउँछ । ‘डे क्रिम’लाई प्रायः मेकअप गर्नुभन्दा पहिला नै छालामा लगाइने गरिन्छ, त्यसले यिनीहरुको फर्मूला लाइट तथा ननगि्रसी हुन्छ । त्यो चाँडै सोसिन्छ । फाउन्डेसनका लागि एउटा ‘स्मुद बेस’ तयार पार्नुपर्छ । थुप्रै ‘डे क्रिम’हरुमा ‘एन्टि-एजिङ’ गुण पनि विद्यमान हुन्छ ।

‘नाइट क्रिम’

तपाईंको छालाले सबैभन्दा धेरै काम राति नै गर्छ । शरीरका बाँकी अंगहरु जस्तै छालाले पनि आफ्नो रिपेयरिङ, रिस्टोरिङ तथा रिजेनेरेटिङ राति निद्राकै क्रममा गर्छ । त्यसैले ‘नाइट क्रिम’ले मोश्चराइज तथा रिकभरीमा केन्दि्रत गर्छ ।

तीनमा त्यस्ता मोश्चराइजहरु हुन्छन्, जुन निकै शक्तिशाली हुन्छन् र निकै सुस्त गतिमा छालाले सोस्ने गर्दछ । राति सूर्यको किरणको चिन्ता हुँदैन, त्यसैले नाइट क्रिममा एसपीएफ हुँदैन र ‘एन्टि-एजिङ’ तत्व अत्यधिक मात्रामा हुन्छ, जसले आफ्नो कामबिना रुकावट गरिरहेको हुन्छ । त्यसैले ‘डे क्रिम’को तुलनामा ‘नाइट क्रिम’ निकै गह्रौं हुन्छ ।

दुबैबीचको अन्तर

नाइट तथा डे क्रिमकाबीच निकै नै फरक हुन्छ । दुबैको उद्देश्य तथा टेक्सचर पनि एक-अर्काभन्दा पृथक हुन्छ । यदि तपाईं नाइट क्रिमलाई दिउँसो लगाउनुहुन्छ भने तपाईंको छाला अलिक बढी नै चिल्लो हुन्छ र सनस्त्रिmनले काम गर्न पाउँदैन । त्यसैगरी यदि राति तपाईंले ‘डे क्रिम’ लगाउनुभयो भने छालाले मोश्चर त पाउँछ । तर, ‘एन्टि-एजिङ’ र ‘मोश्चराइजिङ’ तत्वहरुले आफ्नो प्रभाव देखाउन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment