Comments Add Comment

रामोसले रेकर्ड बनाउँदा स्पेन बराबरीमा रोकियो

काठमाडौं । सर्जिओ रामोस देशका लागि सबैभन्दा धेरै खेल खेल्ने युरोपीयन खेलाडी बन्दा स्पेन नर्वेसँग बराबरीमा रोकिएको छ । शनिबार राति नर्वेसँग १–१ को बराबरीमा रोकिएपछि स्पेनले युरोकपमा स्थान सुरक्षित गर्न अझै पर्खिनुपर्ने भएको छ ।

नर्वेमा भएको खेल स्पेनका लागि रामोसको १६८ औं खेल हो । यससँगै उनले आफ्ना पूर्वटिममेट इकर कासियासको रेकर्ड तोडे । २००५ मा डेब्यू गरेका उनले स्पेनको टिमबाट विश्वकप र दुई पटक युरोकपको उपाधि उचालेका छन् ।

खेलमा स्पेनले दोस्रो हाफको सुरुमा नै सोल निगेजको गोलबाट अग्रता पनि लिएको थियो । तर इन्जुरी टाइमको अन्तिममा पाएको पेनाल्टीमा जोस किङले नर्वेका लागि बराबरी गोल गरे । यससँगै युरोकप छनोटमा स्पेनको विजयी यात्रा रोकियो ।

अब मंगलबार स्वीडेनसँग बराबरी खेल्यो भने पनि स्पेन युरोकपका लागि छनोट हुनेछ । समूह एफको शीर्ष स्थानमा रहेको उसको १९ अंंक ट भने दोस्रो स्थानमा रहेको स्वीडेनको १४ र तेस्रो स्थानमा रहेको रोमानियाको १३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment