+
+

अनुष्का र ऋतिक एकसाथ पर्दामा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते ११:१८

निर्देशक तथा कलाकार फराह खानले निर्देशन गर्न लागेको नयाँ चलचित्रका लागि बलिउडका दुई सफल कलाकार फाइनल भएका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रका लागि नायक ऋतिक रोशन र नायिका अनुष्का शर्मा फाइनल भएका छन् । यो चलचित्रको छायांकन सन् २०२० को मेबाट सुरु हुनेछ ।

फराह यो चलचित्रलाई सन् २०२१ को सुरुवातमै रिलिज गर्न चाहन्छिन् । चलचित्र ‘ह्याप्पी न्यू इयर’ निर्देशन गरेपछि मौन बसेकी खानले बलिउडका दुई स्टार कलाकारलाई लिएर चलचित्र बनाउन लागेकी हुन् ।
उनले निर्देशन गरेका ‘मे हुँ ना, ओम शान्ती ओम, ह्याप्पी न्यू इयर’ बक्स अफिसमा सुपरहिट छन् ।

फराहले निर्देशक रोहित सेट्टीसँगको सहकार्यमा नयाँ चलचित्र पनि निर्माण गर्दैछिन् । बलिउडमा लामो समयदेखि फराहले बनाउन लागेको यो चलचित्र सन् १९८२ को हिट चलचित्र ‘सत्ते पे सत्ता’को रिमेक भन्ने चर्चा चलिरहेको छ । तर, फराहले यो कुरालाई न त स्विकार गरेकी छिन् न त उनले अस्विकार नै गरेकी छिन् । चाडै नै चलचित्रको घोषणा गर्ने फराहको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?