Comments Add Comment

दरबारमार्ग आगलागी : ८ करोड क्षति भएको सञ्चालकको दाबी

२७ असोज, काठमाडौं । दरबारमार्गको भिक्टी लाउन्जमा भएको आगलागीमा ८ करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरिएको छ । क्लबका सञ्चालकले प्रहरीसमक्ष क्षतिको ठूलो आँकलन प्रस्तुत गरेका हुन् ।

तर, सञ्चालकको दाबीलाई प्रहरीले विश्वास गरेको छैन । काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार क्षति भएका सामानको विल र नष्ट भएका सामग्रीको रकमसहित यर्थाथ विवरण पुनः पेश गर्न भनिएको छ ।

‘हामीले फेरि यथार्थ विवरण मगाएका छौं’, एक अनुसन्धान अधिकृतले भने, ‘विस्तृत विवरण हेरेर मात्र क्षतिको मूल्यांकन र मुचुल्का गर्छौं ।’

आइतबार साँझ विद्युत् सर्ट भएर भएको आगलागी काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत ८ दमकलको सहायतामा ३ घन्टापछि नियन्त्रणमा आएको थियो ।

घटनामा लाउन्ज पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment