+
+

तोडफोड गर्ने सांसदमाथि कारवाही नभए उडान बन्द गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते १८:२४

२७ असोज, काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न वायुसेवा संचालक संघ (आयोन)ले अल्टिमेटम दिएको हो ।

उक्त समयावधिभित्र पनि कुनै कारवाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने चेतावनी आयोनले दिएको छ । यस्ता गतिविधि निरन्तर दोहोरिएको भन्दै सुरक्षाका कारणले पनि उडान बन्द गर्नु पर्ने अवस्था आउने आयोनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्लाही १ का सांसद साहले सामेबार बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै बिमानस्थलमा रहेको बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?