
एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई सोमबार अभिनेता राजेश हमालले भेटेका छन् । कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्था देखेर राजेश हमाल एक छिन भावविह्वल भए ।
अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने भनी सान्वना दिँदै छिट्टै घर फर्किन मिल्ने आश्वासन समेत दिएका थिए । आफूलाई भेट्न आएका राजेशलाई देखेर मुस्कान पनि खुशी देखिएकी थिइन् ।
भेटमा राजेशले मुस्कानलाई भविष्यमा के बन्न मन छ भन्ने प्रश्न गरेका थिए । उत्तरमा मुस्कानले डाक्टर बन्न मन लागेको बताएकी थिइन् । राजेशले शुभकामनासहित भने–‘ म यहीँ उमेरमा कलाकार बन्छु भनेर हिडेको थिएँ । आज कलाकार भएँ । तिमी पनि भविष्यमा राम्रो डाक्टर बन्नु पर्छ ।’
मुस्कानको अनुहारमा मुस्कान छर्नको लागि देश तथा विदेशका कलाकारहरुले निकै उत्साह थपिरहेका छन् । बलिउडका धेरै कलाकारहरुले मुस्कानको विषयमा भिडियो सन्देश पठाएका छन् भने नेपाली कलाकारहरुले पनि अस्पतालसम्मै पुगेर मुस्कानसँग कुरा गरिरहेका छन् ।
हेर्नुहोस् भिडियो
मेरो अनुरोधमा मुस्कान को हिम्मत बढाउन किर्तिपुर अस्पताल आउनु भएको मा महानायक राजेश हमाल ज्यु प्रति आभार बेक्त गर्दछु। You were a great motivator for little muskan. Thank you from all of us a real superstar. pic.twitter.com/E185Ry965f
— Ujjwal Bikram Thapa (@UjjwalBikram) October 14, 2019
प्रतिक्रिया 4