+
+

एनआरएनएको प्रतिनिधि छनोटमा धाँदली भएको भन्दै उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १२:०९

२९ , असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ ।

निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँदली गरेको भन्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा छानविन पूरा नहुन्जेलसम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ । बुधवार संघको निर्वाचन प्रक्रिया सुरु भएकै बेला मतदाता नामावलीको विषयमा उजुरी परेको हो ।

उजुरीमा भनिएको छ ‘गैरआवासीय नेपाली सम्वन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरी त्यस्तो गैरकानूनी कार्य अविलम्व रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट मन्त्रालयमा मिति ०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको छु, त्यसकारण परराष्ट्र मन्त्रायलबाट आवश्यक निर्देशन नआउन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न माग गर्दछु ।’

विभिन्न देशमा कार्यसमितिले छनोट गरेर पठाएका प्रतिनिधिको सूची परिवर्तन गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?