
न्यु ह्याम्सर (अमेरिका) । न्युयोर्क सडक दुर्घटनामा घाइते म्याग्दीका खिमबहादुर सेतीमहरको सहयोगका लागि आफन्तले अपील गरेका छन् ।
खिमबहादुरको गम्भीर अवस्थामा नासौ मेडिकल हस्पिटलमा उपचार भइरहेको छ । उनी सेप्टम्बर ३० साँझ ८ बजे हिक्सभिलको इस्ट ओल्ड कन्ट्री रोड र साउथ ब्रोडवेको इन्टरसेक्सनमा दुर्घटनामा परेका हुन् ।
सेतीमहरलाई ठक्कर दिने चालक ९० वर्षकी मेर्लिन फक्स हुन् । चालकविरूद्ध नासौ काउन्टीको अदालतमा अक्टोबर ७ मा मुद्दा दर्ता भएको छ ।
बेहोश अवस्थामा रहेका ३५ वर्षे सेतीमहर तत्काल अस्पताल लगे पनि उनको अवस्था निकै चिन्ताजनक छ । चिकित्सकका अनुसार उनलाई बचाउन निकै मेहेनत गरिएको छ ।
उनको सहयोगका लागि गोफन्डमीमा यो खाता खोलिएको छ । तर, सहयोग एकदम कम आएको छ । त्यसैले सहयोगका लागि आह्वान गरिएको हो ।
उनी लाखौ रूपैयाँ बुझाएर मेक्सिको हुँदै दुई सालअघि मात्रै अमेरिका आइपुगेको बताइन्छ ।
प्रतिक्रिया 4