Comments Add Comment

सैफको सारालाई सुझाव–‘अभिनय गर्नु, स्टार नबन्नु’

नायक सैफअली खान अहिले नयाँ चलचित्रको प्रमोशनमा छन् । उनै, सैफकी छोरी साराअली खान अहिले स्टार बनिसकेकी छिन् । सारा बलिउडकी अहिलेकी सर्वाधिक डिमाण्डेड नायिका पनि हुन् ।

हालै एक मिडियासँग कुराकानी गर्दै सैफले सारालाई केही सल्लाहा दिएका छन् । तपाई सारालाई के सुझाव दिनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा उनले भने–‘म उनलाई सधै नै आफ्नो अभिनयमा ध्यान दिन भन्छु । अहिले नै स्टार बन्ने धुनमा लाग्नु राम्रो होइन ।’

सैफका अनुसार, उनी कहिले पनि नामको पछाडि लाग्दैनन् । ४९ बर्षिया स्टार भन्छन्–‘म नामदेखि टाढा नै रहन चाहन्छु । मलाई चर्चित भएको खासै मन पर्दैन ।’ सैफ अगाडि भन्छन्–‘मलाई चर्चा र नामले हैरान बनाउँछ । किनकी, यसले यो शहरमा घुम्नका लागि रोक लगाउँछ ।’

साराअली खानलाई अहिले मिडियाले खुबै पछ्याएको पाइन्छ । सारा पनि मिडिया क्रेजी बनिरहेकी छिन् । यो कुरा सैफलाई खासै मन परेको छैन । सैफले आफू सिक्न चाहने भन्दै अहिले पनि अभिनय र जिवनको बारेमा सिकिरहेको बताएका छन् । सैफको अभिनय रहेको चलचित्र ‘लाल कप्तान’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment