Comments Add Comment

सन्दीप ‘टी–१० लिग’ क्रिकेटमा अनुबन्धित

३० असोज, काठमाडौं । नेपाली युवा स्टार खेलाडी सन्दीप लामिछानेलाई ‘टी–१० लिग’ क्रिकेट प्रतियोगिताको फ्रेन्चाइज टिम कर्नाटका टुस्कर्सले भित्र्याएका छन् ।

बुधबार राति भएको ड्राफ्टबाट सन्दिपलाई कर्नाटकाले ४५ हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो ।

सन्दीपले यसअघि टी–१० लिग क्रिकेटमा केरला नाइट्सबाट खेलेका थिए । उनले आफ्नो डेब्यु संस्करणमै उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ६ विकेट लिन सफल भएका थिए । टी–१० लिगमा उनले राम्रो छाप छोडेको कारण यो पटक कर्नाटकाले उनलाई किनेको हो ।

टी–१० क्रिकेट लिग यही नोभेम्बर १५ देखि २४ तारिखसम्म यूएईमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment