Comments Add Comment

डब्लूसीएलमा विराटनगरको दोस्रो जित

१ कात्तिक, काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल)मा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा उसले पोखरा पल्टनलाई ६ विकेटले हरायो । पोखराले दिएको ९५ रनको लक्ष्य विराटनगरले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि लक्ष्मी चौधरीले २३ र ज्योति पाण्डेले २२ रन बनाइन् भने अस्मिना कर्माचार्य रनमा अविजित रहिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । उसका लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment