Comments Add Comment

कुवेतसँग खेल्नुअघि म्यानमारमा मैत्रिपूर्ण

काठमाडौं । नेपालले म्यानमार र इंग्ल्याण्डको ‘सी’ टिमसँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।

विश्वकप र एसिया कप छनोटको तयारीका क्रममा मैत्रिपूर्ण खेल हुन लागेको हो । समूह बीमा रहेको नेपालले चार वटै अवे खेल खेलिसकेको छ । अब होम म्याचहरु खेल्नेछ । पहिलो होम म्याच ३ मंसिरमा दशरथ रंगशालामा हुनेछ ।

त्यसअघि म्यानमारसँग २१ कात्तिकमा मैत्रिपूर्ण खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यो खेल मान्डालेमा हुनेछ ।

यस्तै इंग्ल्याण्डको सी टिमसँग २५ मे २०२० मा मैत्रिपूर्ण खेल हुने तय भएको छ । यो खेल एल्डरसट टाउन फुटबल क्लबको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment