+
+

बाबुको हत्या गरेर विदेश ! २० वर्षपछि समातिए अभियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १८:२१

४ कात्तिक, काठमाडौं । आफ्नै बुबालाई धारिलो हतियार प्रहार गरेर फरार रहेका आरोपित पक्राउ परेका छन् ।

२० वर्षअघि काभ्रेको साबिक स्यामपाटी–६ हालको नमोबुद्ध–११, बिमिरे गाउँमा धमैसिंह तामाङको हत्या गरेको आरोपमा छोरा रनकाजी भनिने रनबहादुर पक्राउ परेका हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कीर्तिपुरस्थित चोभारबाट पक्राउ गरेको हो ।

ब्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार तामाङ घटना पश्चात फरार रहेका थिए । उनी भागेर वैदेशिक रोजगारीका लागि कुवेत पुगेको भेटिएको छ ।

कुवेतबाट फर्किएर वास्तविक परिचय लुकाएर काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा उनी पक्राउ परेका पाण्डेले बताए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?