Comments Add Comment

अर्जेन्टिनाको राष्ट्रपतिमा फर्नान्डेज विजयी

११ कात्तिक, काठमाडौं । अर्जेन्टिनाको राष्ट्रपतिमा अल्बर्टो फर्नान्डेज विजयी भएका छन् । हालका विपक्षी दलका नेता खसेको मतको ४५ प्रतिशत भन्दा बढी मत प्राप्त गरेका थिए । उनले कन्जरभेटिभ पार्टीका नेता तथा वर्तमान राष्ट्रपति माउरिसियो माक्रीलाई पराजित गरेका  हुन्  ।

उनको विजयोत्सव मनाउन ठूलो संख्यामा मानिसहरु राजधानीमा जम्मा  भएका छन् । फर्नान्डेजले आर्थिक मन्दीको विषयलाई चुनावी एजेण्डा बनाएका थिए । निर्वाचनअघिको मत सर्वेक्षणहरुले पनि फर्नान्डेज विजयी हुनसक्ने अनुमान गरेको थियो ।

राष्ट्रपति म्याक्रीले विजेता भनेका फर्नान्डेजलाई बधाई दिँदै राष्ट्रपति कार्यालयमा आमन्त्रण गरेका छन् । विजयी फर्नान्डेजले वर्तमान राष्ट्रपतिसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन् ।

९० प्रतिशत भन्दा बढी मत गन्दा फर्नान्डेजले ४७.७९ प्रतिशत र म्याक्रीले ४०.७१ प्रतिशत मत ल्याएका थिए । अर्जेन्टिनामा राष्ट्रपतिमा विजय हासिल गर्न कम्तीमा ४५ प्रतिशत मत ल्याउनुपर्छ । फर्नान्डेजले १० डिसेम्बरदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment