
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । ओली बुधबार अस्पताल भर्ना भएका थिए ।
उनको दुई पटक डायलासिस गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन् । साथै आजै डिस्चार्ज गर्ने तयारी छ ।
फेरि डायलासिस गर्नुपर्ने नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4