+

इमर्जिङ टिम्स एसिया कपमा नेपाल र भारत एउटै समूहमा

२०७६ कात्तिक  १४ गते १८:०६ २०७६ कात्तिक १४ गते १८:०६
इमर्जिङ टिम्स एसिया कपमा नेपाल र भारत एउटै समूहमा

१४ कात्तिक, काठमाडौं । नेपालले यही नोभेम्बरमा इमर्जिङ टिम्स एसिया कपमा टेष्ट मान्यता प्राप्त देश भारत र बंगलादेशसँग क्रिकेट खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एससीसी) ले बिहीबार निकालेको खेल तालिकामा नेपाल भारत र बंगलादेशसँगै समूह ‘बी’ मा परेको छ । हङकङ पनि यही समूहमा रहेको छ ।
यस्तै, समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल भारतसँग नोभेम्बर १४ तारिखमा खेल्नेछ । त्यस्तै, १६ तारिखमा हङकङसँग खेल्ने नेपालले बंगलादेशसँग १८ तारिखमा खेल्नेछ ।

नोभेम्बर १४ देखि २३ तारिखसम्म आयोजना हुने एसिया कप  ५० ओभरको हुनेछ । समूहको विजेता र उविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल खेल २० र २१ तारिखमा हुनेछ । फाइनल खेल २३ तारिख शनिबार बंगलादेशको मिरपुरमा हुनेछ ।

नेपाली सिनियर क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न लागेको हो । यसअघि २०१८ मा भएको एसिया कपमा ६ देशको मात्रै सहभागिता थियो ।

यूएईमा भएको एसिया कप भारतले उपाधि जित्दा पाकिस्तान, श्रीलंका, अफगानिस्तान हङकङ र ओमानले खेलेका थिए । यो पटक भने टिम थप गरि ८ पुर्‍याइएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय