
१५ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको छ ।
टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् ।
उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको जनाइएको छ । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको काठमाडौं प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।
यसअघि भाइटीकाको पूर्वसन्ध्यामा क्यासिनो किङका रुपमा परिचित बलराम सापकोटा बलेसहित २५ जुवाडेलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरी मुद्दा चलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4