+

एस्टन भिल्लामाथि लिभरपुलको कठिन जित

२०७६ कात्तिक  १७ गते ७:२५ २०७६ कात्तिक १७ गते ७:२५
एस्टन भिल्लामाथि लिभरपुलको कठिन जित

१७ कात्तिक, काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली एस्टन भिल्लालाई लिभरपुलले २–१ गोलको संघर्षपूर्ण जित निकालेको हो । अन्तिम समयमा लिभरपुलका लागि एन्डी रोबर्टसन र साडियो मानेले गोल गरे । एस्टन भिल्लाका लागि ट्रेजेक्वेटले गोल गरे ।

ट्रेजेक्वेटले खेलको २१औं मिनेटमा नै गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । उनकै गोलमा एस्टन भिल्ला जितनजिक थियो । खेलको ८६ औं मिनेटसम्म १–० गोलको अग्रतामा एस्टन भिल्लाले खेलिरहेको थियो । लिभरपुल दबावमा थियो ।

तर, खेलको ८७ औं मिनेटमा रोबर्टसनले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी दिलाए । खेलको अतिरिक्त समयमा मानेले गोल गरेपछि लिभरपुलले २–१ गोलको कठिन जित निकालेको हो ।

यो जितसँगै लिभरपुलले ११ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अघि रहेको छ । सिटीको २५ अंक छ ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय