Comments Add Comment

‘लप्पन छप्पन २’ दयाले छाडेपछि भित्रिए शक्ति

चलचित्र ‘लप्पन छप्पन २’को धमाधम छायांकन भइरहेको छ । विगत केही दिनदेखि निर्माण युनिटले अष्ट्रेलियामा चलचित्रको छायांकन गरिरहेको छ । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरिरहेका छन् ।

चलचित्रको छायांकन यसअगाडि यूरोपमा गर्ने भन्दै मुख्य कलाकार यूरोप पुगेका थिए । तर, ११ दिनसम्म कलाकारले विनाकाम यूरोपमा बसेर फर्किए । चलचित्रको छायांकन यूरोपमा हुने सकने ।

चलचित्रको छायांकन निर्धारित समयमा नभएपछि नायक दयाहाङ राइले चलचित्रबाट हात झिके । पहिलो सिरिजमा पनि नायक राइको नै मुख्य भूमिका थियो । तर, दोश्रो सिरिज छायांकनमा निर्माणपक्षले ढिलासुस्ती गरेपछि दयाले बाहिरिने निर्णय गरेका हुन् ।

अब, भने दयाहाङले गर्ने भनिएको भूमिकामा शक्ति श्रेष्ठ फाइनल भएका छन् । शक्ति नायक शिव श्रेष्ठका छोरा हुन् । उनी, अष्ट्रेलियामा नै बस्दै आएका छन् ।

उसो त शक्तिले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट यो क्षेत्रमा डेब्यू गरेका हुन् । तर, यो चलचित्रको छायांकन नै पुरा हुन सकेको छैन । शक्ति अष्ट्रेलियाबाट नफर्किएपछि यसको छायांकन सुरु हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment