+
+
Shares

ठगी आरोपमा दम्पत्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १९:२५

१७ कात्तिक, काठमाडौं । प्रहरीको अपराध अनुसन्धान महाशाखा, टेकुले लावस पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडाका विजय थिङ लामा र सजना थिङ लामा छन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलब पाउने गरी लावस पठाइदिन्छु भनेर प्रलोभन देखाइ ठगी गरेका थिए ।

विभिन्न प्रलोभन देखाएर विश्वास दिलाउँदै लामाद्वयले २४ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोग छ । उनीहरुले रकम लिएर लावस र दिल्लीसम्म समेत केही व्यक्तिलाई पुर्याएर अलपत्र पारेको जनाइएको छ ।

उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि प्रहरी परिसर, लतिलपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?