+
+

लुम्बिनीमा कम्युटर शिक्षा साक्षरता कार्यक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १२:३९

१९ कात्तिक, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीका बालबालिका तथा विद्यार्थीहरुलाई कम्प्युटर शिक्षामा साक्षर बनाउन भन्दै कम्प्युटर शिक्षा साक्षरता कार्यक्रम सुरु गरिएको छ ।

लुम्बिनीमा एक समारोहका बीच अभियानको शुभारम्भ गरिएको हो । लुम्बिनी विकास कोषको सभाकक्षमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भन्ते मेत्तेय) र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले संयुक्त रुपमा अभियानको शुभारम्भ गरे ।

अहिलेको आवश्यकतालाई पूर्ती गर्न सक्नेगरी जनशक्ति तयार पार्ने काममा आफूहरुले पनि सहकार्य गर्ने बताउँदै नगर प्रमुख चौधरीले एकेडेमिक तहका कक्षालाई पनि अगाडि बढाउन जरुरी रहेको बताए ।

सबैका लागि सर्वसुलभ र निशुल्क कम्प्युटर शिक्षा अभियान भन्ने नाराले आफूहरुलाई आकर्षित गरेको भन्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष शाक्यपुत्र त्रिपाठीले अभियानका सबैले सहकार्य गर्नुपर्ने बताए।

कपिलवस्तुदेखि जुम्ला, कालिकोट, कन्चपुरसम्मका ४० जिल्लामा कम्प्युटर कोर्ष (पिडिआइसिए) सञ्चालन गरी त्यहाँका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको अभियानका संस्थापक अध्यक्ष तथा अगुवा दीपेन्द्र शर्मा पौडेलको भनाइ छ ।

प्राविधिक ज्ञान तथा त्यसको व्यवहारीक उपयोगका बारेमा कपिलवस्तुका केही युवाहरुले सुरु गरेको कम्प्युटर शिक्षा साक्षरता कार्यक्रम लुम्बनीसम्म आइपुगेको हो ।

स्कुले किशोर किशोरीहरुदेखि सामान्य साक्षर मानिसलाई कम्पयुटर शिक्षा सिकाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको यो अभियान सोमबारदेखि लुम्बिनीमा पनि सुरु भएको छ । कार्यक्रम प्रभावकारी हुदै गएको राइट स्टेप कम्प्युटर एजुकेशन एकेडेमीले दाबी गरिएको छ ।

ती जिल्लाका झण्डै ७० वटा सूचिकृत कम्प्युटर इन्ष्टिच्यूटहरुमार्फत् अभियान सञ्चालन गर्दै आएको पौडेलले बताए ।

एक वर्षे प्रोफेस्नल डिप्लोमा इन कम्प्युटर एप्लीकेटियो कोर्षमा अहिले एकै साथ करिब २० हजार भन्दा धेरै विद्यार्थीले कम्प्युटर शिक्षा लिइरहेको अभियानकर्ताहरुले बताएका छन् ।

विद्यार्थीलाई कम्प्युटर सम्बन्धी एक वर्षे कोर्षमा सामान्य कार्यालयमा प्रायोजनमा आउने कम्प्युटरका विभिन्न बेसिक प्रोगामदेखि हार्डवेयरसम्मको कोर्ष पढाइ भइरहेको छ । अभियन्ताहरुले गरिब, अपाङ्गता भएका विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर अध्ययन गराइरहेका छन् ।

कार्यक्रमकै अवसरमा लुम्बिनी विकास कोषले अभियानमा सहकार्य गर्ने भन्दै केही थान कम्प्युटरसमेत प्रदान गरेको थियो । ‘लुम्बिनी क्षेत्रकै बालबालिकाहरुले अध्यय्न गर्ने र लुम्बिनीमै अभियानको केन्द्र बनाएकाले आफुहरुले सहकार्य गरेको कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले बताए।

संस्थाले अभियानमा सहकार्य गर्ने र सहयोग पु¥याउने संस्था तथा विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरेको थियो ।

अपाङ्गता र जेहेन्दारलाई निशुल्क कम्प्युटर शिक्षा

कम्प्युटर शिक्षा लिन चाहेका तर आर्थिक अभाव भएका विद्यार्थीहरुलाई सम्बन्धित सरकारी निकायको सिफारिसमा निशुल्क शिक्षासमेत प्रदान गर्दै आएको छ । जेहेन्दारलाई सहुलियत रुपमासमेत अध्यापन गराउँदै आएको अभियानकर्ताहरुले बताएका छन् । यो संस्थालाई नेपाल सरकारले सूचिकृत गर्दै आइएसो ९००१:२००८ गुणस्तर चिन्ह प्रदानसमेत गरिसकेको छ ।

देशभरका झण्डै दुई हजार जना असक्त र अपाङ्ग एवम् जेहनदार विद्यार्थीलाई सम्बन्धित निकायको सिफारीसमा पूर्ण निशुल्क शिक्षा प्रदान गरिरहेको कार्यक्रम संयोजक तथा मेघाटेक इन्ष्टिच्यूटका सञ्चालक यमलाल खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?