+
+
Shares

अस्पतालका सटर खाली गर्न प्रदेश ५ सरकारको अल्टिमेटम

अटेर गरे डोजर चलाउँछौं : प्रवक्ता चौधरी

टोपराज शर्मा टोपराज शर्मा
२०७६ कात्तिक १९ गते १३:३१

१९ कात्तिक, बुटवल । प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर पूर्वका सटरहरु मंसिर मसान्तसम्म खाली गर्नेे निर्णय गरेको छ ।

सटर खाली गरेर पर्खाल बनाउने उद्देश्यले गत साउन ३० गते पत्रिकामा सूचना प्रकाशित गरी तीन महिनाभित्र सटर खाली गर्न समय दिएकोमा थप एक महिना समय दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

अस्पतालको बाहिरपट्टी ६० बढी सटर भाडामा सञ्चालित छन् । तीन महिने सूचनाको म्याद कात्तिक ३० गते सकिदैछ ।

मंसिर महिनाको भाडा नलिने गरी सटर खाली गर्न समय दिने र त्यो अवधिमा पनि अटेर गरे डोजर चलाएर खाली गरिने प्रवक्ता चौधरीको भनाइ छ ।

सटर हटाएपछि आकर्षक पर्खाल बनाउने र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने उद्देश्यअनुसार सटर खाली गर्न लागिएको मन्त्री चौधरीले बताए । ‘लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा विकास गरिन्छ,’ भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका प्रवक्ता चौधरीले भने, ‘व्यवसायीका लागि अपि्रय भए पनि जनताको लागि यो राम्रो निर्णय हो ।’

अस्पतालको सेवा सुधार गर्दै एक्सटेन्डेड हेल्थ सर्भिस अन्तर्गत निजी अस्पतालमा जस्तै केही बढी शुल्क लिएर दोस्रो सिफ्टमा सेवा दिने योजना रहेको मन्त्री चौधरीले बताए ।

अस्पतालका डाक्टरहरु ड्युटी समयमै क्लिनिकमा धाउने प्रवृत्ति रोक्न पनि सटर हटाउने निर्णय गर्नु परेको उनले खुलाए ।

प्रादेशिक सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानमा बास्कोटा

मन्त्रिपरिषद वैठकले प्रादेशिक सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा काठमाडौं नयाा बानेश्वरका ४५ वर्षीय अनुप बास्कोटालाई नियुक्त गर्ने निर्णय पनि गरिएको मन्त्री चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले प्राइभेट र्फम दर्ता नियमावली २०७६ लाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै रुपन्देही, पाल्पा, बाँके कपिलवस्तु, रोल्पा र दाङमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना र सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?